हामी अनि हाम्रो समाज कता जाँदै छ ?
घटना हिजोको दिनको हो, एक व्यक्तिले अन्दाजी १० वर्षको बालिका अपरण गरेर लागेछ । स्कूल सकेर घर आइसकेको बच्चा, पसलमा जाँदा बिचबाटै अपहरित भयो । के के गर्यो त्यसको रिपोर्ट आउन बाँकीनै छ, तर बालिका भेट्दा उसको कपाल काटिएको थियो मनपरी, लुगा सब च्यातचुत गरिएको थियो । बालिकालाई सोध्दा, कसले गरेको भन्दा व्यक्ति नचिनेको तर उसलाई लागेको घर देखाउँछ । यसको मतलब बालिका व्यक्तिले घर पुर्याउँदा सम्म होसमा नै थियो । अरूको उसलाई ज्ञान छैन ।
यस घटनालाई के भन्ने कसरी व्याख्या गर्ने, के अपराध भन्ने, बालिकाहरू कसरी सुरक्षित छन् भन्ने ?